‘अप्रेसन–३६५’: पोखरामा आतंक मच्चाउने ९ बुलेट र १ क्रसफायर नियन्त्रणमा
कास्की प्रहरीले हालसम्म ‘अप्रेसन–३६५’ अन्तर्गत ४ सय १४ वटा सवारीसाधन र ३६ जना मानिस नियन्त्रणमा लिई कारवाही गरिसकेको छ ।
पाेखरा | चैत ११, २०८२
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार गत ९ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरामा विभिन्न स्थानहरुमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने र शान्ति सु -व्यवस्थामा खलल पार्दै हिडेको सूचनाका आधारमा ति १० वटा मोटरसाईकललाई नियन्त्रणमा लिई कानूनी कारवाही प्रकृया अगाडी बढाइएको छ ।
कास्की प्रहरीले हालसम्म ‘अप्रेसन–३६५’ अन्तर्गत ४ सय १४ वटा सवारीसाधन र ३६ जनालाई नियन्त्रणमा लिई कारवाही गरिसकेको छ ।
कास्की प्रहरीले सवारी धनिले आफ्नो सवारी साधन मोडिफाई नगरी पुर्ववत असली स्वरुपमा सवारी साधन चलाउन आग्रह गर्दै मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकहरुलाई कानून बमोजिम कारवाही हुने जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

